INTRODUCTION
Gurukul Baylor Campus ( Former Dipika Campus) is a new campus and a sister organization of Baylor International Academy located in Banepa-7, Kavre. This campus is established for overall development of Management skills among students. This campus is well planned and prepared for practical education to produce the skilled vocational manpower that is needed to adapt in the competitive world of the 21st century. This campus is running 4 years BBS programme affiliated from the Tribhuvan University of Nepal. Gurukul Baylor Campus is using the modern methods including the project based learning in classroom teaching. So that the students will be benefitted from all kinds of information and skills needed for an efficient and effective management.
गुरुकुल बेलर क्याम्पसः युवाहरुको उत्कृष्ट गन्तब्य
व्यापारिक र व्यावशायिक महत्व राख्ने अत्यन्त रमणीय बनेपा नगरमा प्रतिष्ठित शैक्षिक संस्था ग्लेसियर एजुकेशन फाउण्डेशन प्रा.लि.द्वारा सञ्चालित बेलर ईन्टरनेशनल एकेडेमीसँग भातृसंस्थाको रूपमा सहकार्य गर्दै त्रि.वि.सँगको सम्बन्धनमा सञ्चालन हुने गरी यस गुरुकुल बेलर क्याम्पसको स्थापना हुनुलाई जिल्लाकै गौरवको रूपमा लिइएको छ । “बैंकहरूको शहर” एवम् “यातायात व्यावशायीहरूको कीर्तिमानी थलो”को रूपमा विकसित भैरहेको यस क्षेत्रमा ब्यापारिक गतिविधिजन्य बिषयहरू पठनपाठन हुने व्यवस्थापन क्षेत्रका शैक्षिक धरोहरहरूको माग दिन प्रतिदिन बढिरहेको सन्दर्भमा यस गुरुकुल बेलर क्याम्पसको स्थापना हुन पुग्नुलाई स्थानीय आवश्यकताको उपजको रूपमा लिन सकिन्छ ।
यस बाहेक पनि काभ्रे उपत्यकाका तिनै नगर बनेपा, पनौती र धुलिखेलमा प्रतिदिन बढिरहेका सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रका कार्यालय एवम् औद्योगिक प्रतिष्ठानमा थपिइरहेका कर्मचारीको ओइरोले पनि यस्ता क्याम्पस स्थापनाको औचित्यता र तिनको स्थायित्वलाई प्रस्ट्याई दिएका छन् । क्याम्पसका संस्थापकहरूले लामो अनुभवका आधारमा स्थानीय वस्तुगत यथार्थको सटिक विश्लेषण गरी यस क्षेत्रका युवा वर्ग एवम् रोजगार समुदाय समेतलाई लक्षित गरी बिहानी सत्रमा सञ्चालन हुनेगरी त्रि. बि. को ४ बर्षे बी.बी.एस.कार्यक्रमलाई अस्तित्वमा ल्याएको हो । त्यसैले यस्ता सत्कार्यमा लागि पर्नुहुने प्राज्ञ एवम् शिक्षा प्रेमीहरूको सपना साकार पार्न पनि यस क्याम्पसको खोजी हुनेछ भन्ने ठानिएको छ ।
क्याम्पसले गुणत्मक पठनपाठनका लागि उत्कृष्ट छात्राबास, मल्ेिटमिडिया पद्धतिगत सुविधा सहितका कक्षा कोठाहरू, उपयुक्त पुस्तकालय, क्यान्टिन, नियमित क्याम्पस बस जस्ता सुबिधाहरू र दक्ष प्राध्यापकहरूद्वारा नवीन शिक्षण विधिको प्रयोग गरी अध्यापन गराउने व्यबस्था गरेको छ । विद्यार्थीहरू अध्ययनको समाप्ति पछि आ–आफ्ना आवश्यकतानुसार उपयुक्त रोजगारी प्राप्त गर्न, स्वरोजगार सृजना गर्न र भरपर्दाे प्रोफेसनालिज्मको बिकास गरी आत्मनिर्भर बन्न सक्नेछन् ।
यसर्थ बी. बी. एस. अध्यनका लागि बिषय छनोट गरिसकेका र उपयुक्त क्याम्पसको खोजीमा रहेका युवा विद्यार्थीहरूलाई निःसङ्कोच यस क्याम्पसमा भर्नाहुन आव्हान गरिन्छ ।
-वीर बहादुर थापा
क्याम्पस प्रमुख
WHY GURUKUL BAYLOR CAMPUS?
• Well equipped library & classroom
• Good physical environment
• Good public bus services near campus
• Multimedia system in teaching & learning
• Provision of Hands out
• Well experienced lecturers
• Affordable fee structure
• Provision of internship
• In-cooperation with several national and international educational organizations.
• Frequent interaction with various visiting professors
• Facility of Campus buses From Bhaktapur, Nala, Panchkhal and Panauti